गृहपृष्ठ ‘को-हजबेण्ड’ले जित्यो अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

‘को-हजबेण्ड’ले जित्यो अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

‘को-हजबेण्ड’ले जित्यो अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

बहुपति प्रथाबारे निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को-हजबेन्ड)ले अमेरिकामा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको एटलान्टामा अगस्ट ४ देखि ७ सम्म आयोजित आठौँ कब इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन सोमबार भएको अवार्ड समारोहमा ‘को-हजबेन्ड’लाई उक्त अवार्ड घोषणा गरिएको हो ।

अवार्ड ग्रहण गर्दै निर्देशक गणेश पाण्डेले यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको बताए । आयोजक कब इन्टरनेसनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार यो संस्करणमा ६ सयवटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।

‘को-हजबेन्ड’ले अहिलेसम्म सातवटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलबाट यात्रा आरम्भ गरेको ‘को-हजबेन्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।

यसैगरी, नेपालमै आयोजित नेपाल-अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्रान्ड प्रिक्स अवार्ड’ जितेको थियो ।

विश्वका एक दर्जनभन्दा बढी चलचित्र महोत्सवमा छनोट भइसकेको ‘को-हजबेन्ड’ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औँ इन्टरनेसनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेबल मेन्सन अवार्ड जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्मलाई निर्देशक पाण्डेले करिब चार वर्षको छायाँकन र रिसर्चबाट निर्माण गरेका हुन् । साइन मिडिया प्रालिले निर्माण गरेको वृत्तचित्रको लेखन पनि निर्देशक पाण्डेले नै गरेका हुन् ।

वृत्तचित्रको निर्माता शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन् । ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले क्यामेरामा कैद गरेको डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत संयोजन गरेका छन् ।

प्रकाशित समय : १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु