गृहपृष्ठ मसँग उपचार गर्ने पनि पैसा छैन : ओली

मसँग उपचार गर्ने पनि पैसा छैन : ओली

मसँग उपचार गर्ने पनि पैसा छैन : ओली फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् ।

आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए ।

आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै उनले भने, ‘तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदिनँ । किनभने दान गरिसकेको छु ।’

प्रकाशित समय : ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु