काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पहिरोले खप्त्याडको प्रवेशद्वार बन्द, मुख्यमन्त्रीद्वारा अनुगमन

1.24K
shares

ai logo सारांश

  • मुगुको खप्त्याड गाउँपालिका–८ नुवाखेतमा पहिरो खसेपछि असोज ११ गतेदेखि सडक अवरुद्ध भएको छ ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कात्तिक ९ गते स्थलगत अनुगमन गरेका छन् ।
  • भूगर्भविद्को अध्ययन, क्षतिको विवरण र लागत अनुमानपछि सडक मर्मतको काम अघि बढाउने प्रदेश सरकारको तयारी छ ।

सुर्खेत । मुगुको खप्त्याड गाउँपालिका–८ नुवाखेतमा पहिरो खसेपछि असोज ११ गतेदेखि सडक अवरुद्ध भएको छ । कर्णाली राजमार्गअन्तर्गत बाजुराको हिमाली गाउँपालिकाबाट मुगु सदरमुकाम गमगढी जोड्ने मुख्य सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।

पहिरोका कारण खप्त्याड गाउँपालिकाको प्रवेशद्वार नै बन्द भएको स्थानीय दानबहादुर रावतले बताए । लामो समयदेखि सडक अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।

अवरुद्ध सडकको अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कात्तिक ९ गते स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिँदै सडक पुनः सञ्चालनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री शाहीले पहिरोबाट भएको क्षतिको विवरण संकलन गरी लागत अनुमान तयार पारेर काम अघि बढाइने बताए । उनले भूगर्भविद् ल्याएर प्रभावित क्षेत्रको तत्काल अध्ययन गराउने र पहिरोको समस्या समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि जनाए ।

भौगोलिक अवस्था र पहिरोको जोखिमबारे प्राविधिक अध्ययन गराएर सडक सञ्चालनका लागि आवश्यक काम अघि बढाइने मुख्यमन्त्रीको भनाइ छ ।

बाजुराको हिमाली गाउँपालिकाबाट मुगु सदरमुकाम गमगढी जोड्ने यो सडक मुगुको आवागमनका लागि महत्त्वपूर्ण मार्ग हो । सडक अवरुद्ध हुँदा स्थानीयवासीको आवतजावतसँगै मालसामान ढुवानी र रारा जाने पर्यटकको यात्रामा समेत असर पर्न सक्ने देखिएको छ ।

असोज ११ गतेदेखि अवरुद्ध सडक कहिलेसम्म सञ्चालनमा आउने भन्नेबारे भने स्पष्ट समयसीमा तय भएको छैन । भूगर्भविद्को अध्ययन, क्षतिको विवरण र लागत अनुमानपछि सडक मर्मतको काम अघि बढाउने प्रदेश सरकारको तयारी छ ।