गृहपृष्ठ प्रधानमन्त्रीमा १७ पटक हारेका पौडेलको आकांक्षा, ‘मलाई प्रधानमन्त्री बनाउने जिम्मा पार्टीको हो’

प्रधानमन्त्रीमा १७ पटक हारेका पौडेलको आकांक्षा, ‘मलाई प्रधानमन्त्री बनाउने जिम्मा पार्टीको हो’

प्रधानमन्त्रीमा १७ पटक हारेका पौडेलको आकांक्षा, ‘मलाई प्रधानमन्त्री बनाउने जिम्मा पार्टीको हो’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रधानमन्त्री बनाउने जिम्मा पार्टीको रहेको बताएका छन् ।

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘यो निर्णय लिने जिम्मा पार्टीको हो,’ उनले भने, ‘अहिले नै घोषणा गर्ने समय भएको छैन ।

पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने पनि बताएका छन् । ‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे ।’ अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो ।

एक्ला-एक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए । उनले भने, ‘कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ ।’

को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको जनाउँदै उनले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताए । दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ थियो ।

प्रकाशित समय : १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु