काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

1.26K
shares

काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवाशाखाले परिवार सुरक्षा बचत खाता९एक्द्यप्०अन्तर्गतको बीमा सुविधा बमोजिम लाभग्राहीलाई बीमादाबी रकम हस्तान्तरण गरेको छ ।
श्रीमती खुमा पौडेलका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधनपश्चात परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गढवा शाखाले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो । उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ ।

कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षातथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बीमा सुविधाउपलब्ध गराउँदै आएको छ । परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदानगरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ ।

विशेषगरी ग्रामीण तथादुर्गम क्षेत्रकानागरिकहरूलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँचविस्तार गर्ने उद्देश्य अनुरूप सञ्चालन गरिएका यस्ता सुविधाहरूले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा निजका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदानगर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेड ले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तारीत काउन्टर, ३०२ एटीएम, ४० शाखारहित बैंकिङ बिन्दुहरू मार्फत लाखौँ ग्राहकलाई सेवाप्रदानगर्दै आइरहेको छ। नेपालकाजुनसुकै स्थानमाबसोबास गर्ने प्रत्येक नेपालीलाई सहज, सुरक्षिततथा गुणस्तरीय बैंकिङ पहुँच सुनिश्चितगर्ने प्रतिबद्धता सहित बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म आफ्नो सेवाविस्तार गर्दै आएको छ । साथै, बैंकले ग्राहकको वित्तीय सुरक्षालाई थप सुदृढ बनाउने हेतुले विभिन्न निक्षेप, बीमातथा बैंकिङ सेवाहरू सञ्चालनगर्दै आइरहेको छ ।