काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या, २०३ घाइते

11.32K
shares

गत वर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसंघका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ ।

राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो संख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ । सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ ।

त्यसैगरी ११७ सहायताकर्मीलाई भने विभिन्न ठाउँबाट अपहरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रसंघीय निकायले अरु १६८ जनामाथि आक्रमण भएको पनि जनाएको छ ।