global ime bank Long Banner Ad

गृहपृष्ठ गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या, २०३ घाइते

गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या, २०३ घाइते

गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या, २०३ घाइते

गत वर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसंघका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ ।

राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो संख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ । सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ ।

त्यसैगरी ११७ सहायताकर्मीलाई भने विभिन्न ठाउँबाट अपहरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रसंघीय निकायले अरु १६८ जनामाथि आक्रमण भएको पनि जनाएको छ ।

प्रकाशित समय : १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु