गृहपृष्ठ क्रिकेट प्रशिक्षक प्रभाकर आज काठमाडाैं आउँदै
क्रिकेट प्रशिक्षक प्रभाकर आज काठमाडाैं आउँदै
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौं आइपुग्ने बताइएकाे छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको थियो । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुवुदु दासनायाकेले पदबाट राजीनामा दिएका थिए ।
भदौ पहिलो साता हुने केन्या भ्रमणसँगै प्रभाकरले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन् । नेपालले केन्याविरुद्ध पाँच ट्वान्टी-२० र तीन एक दिवसीय श्रृंखला खेल्ने तालिका रहेको छ ।
प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरू दिल्ली, राजस्थान र यूपी क्रिकेट एसोसियसनको प्रशिक्षण सम्हालेको अनुभव छ ।
प्रकाशित समय : १२:१५ बजे



















