global ime bank Long Banner Ad

गृहपृष्ठ ठेचोको १२ वर्षे जात्रा (फोटोफिचर)

ठेचोको १२ वर्षे जात्रा (फोटोफिचर)

ठेचोको १२ वर्षे जात्रा (फोटोफिचर)

ललितपुरको गोदावरी नगरपालिका वडा नं. १२ ठेचोको नवदुर्गा भवानी देवी नाच सुरु भएको छ । १२ वर्षमा एकचोटी हुने नाच यो वर्ष सुरु भएको हो । जात्रा झण्डै वर्षभरि नै चल्ने गर्दछ ।

२०७९ साउन १० गते गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि जात्रा प्रारम्भ भएको मानिन्छ । मन्दिरमा १२ वर्षे जात्राको क्रममा एकपटक मात्र ताल्चा लगाइन्छ ।

अन्य वर्षहरुमा ३ सय ६४ दिन नै खुल्ला राख्ने परम्परा छ । यसरी लगाएको ताल्चा अब यही भदाै ९ गते जुगचह्रे तिथिमा पूजाआजा गरी खोलिनेछ ।

जात्रा सुरु भएसंगै ठेचो बस्तीमा भोजभतेर, बिहे, व्रतबन्ध निषेध हुन्छ । पार्टी वा अन्य ठाउँमा बस्दा खुट्टा भुन्ड्याएर बस्न, परदेशीलाई बास बसाल्ने गरी पाहुना सत्कार गर्न, राति हिँडडुल गर्न, सिट्टी, ताली, घण्ट बजाउन पाइँदैन ।

नवदुर्गा गुठीको आफ्नो बाजाबाहेक अन्य बाजागाजा बजाउन मिल्दैन । नवदुर्गाको पर्वपूजामा भने नवदुर्गा गुठीबाहेक अन्य बाजा पनि बजाउन मिल्ने चलन छ । यो बन्देज नवदुर्गा गुठीको धु:ख: नामक नाच सम्पन्न नभएसम्म लागू हुन्छ । धु:ख: नामक नाच फागुन/चैततिर हुने गर्दछ ।

नवदुर्गा नाचमा १३ देवगण छन् । भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । नवदुर्गा गुठीमा ३४ जना गुठियार छन् । परम्पराअनुसार गणेश हुने देवगणले तन्त्र साधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास गरिन्छ ।

देवगणहरुको तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य गर्ने गर्छ । इन्द्रायणी देवीको भने नृत्य गराइँदैन । श्वेत भैरव १२ वर्षमा एकपटक मात्र नृत्य गराइन्छ । प्राय श्वेत भैरव नाच दसैपछि साइत हेरी नचाउँदै आएको पाइन्छ ।

यो नाच पाटन दरबार क्षेत्रका लिच्छवी राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी (पायो जात्रा)सँग पनि प्रत्क्षक्ष सम्बन्ध रहेको छ ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु