काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त

2.14K
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन ।

नेता खरेलको ८० वर्षको उमेरमा आइतबार राति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सभापति थापाले आज शोक सन्देशमार्फत उनिप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजन समवेदना प्रकट गरेका हुन। विद्यार्थी जीवनदेखि नै कांग्रेसको आदर्श, सिद्धान्त र लोकतान्त्रिक आन्दोलनमा निरन्तर समर्पित रहेका नेता खरेलको नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी झण्डै नौ वर्ष जेल जीवन बिताएको थिय ।

सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रूपमा विसं २००३ मा काभ्रेपलाञ्चोक खरेलथोकमा जन्मएका खरेल कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहेको थिय ।

जननायक बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईको सामिप्यमा रहेर उनले पार्टी सङ्गठनका लागि उल्लेखनीय योगदान पु¥याए को पार्टी कार्यालयले जनाएको छ । विसं २०४९ देखि २०५३ असारसम्म कांग्रेसको केन्द्रीय कार्यालय उनकै बानेश्वरस्थित घरबाट सञ्चालन भएको थियो ।

विसं २०४८, २०५१, २०५६ र २०६४ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बाट उनि कांग्रेसको उम्मेदवार भय । विसं २०५६ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नं ३ बाट विजयी हखरेल शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याणमन्त्री भय ।

उनको निधनबाट कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ । उनका तीन छोरा कृष्णचन्द्र खरेल, महेश खरेल (पाँचखाल नगरपालिकाका प्रमुख एवं काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं। २ का क्षेत्रीय सभापर्ति) शैलेस खरेल हुन ।