गृहपृष्ठ ‘काँक्रेविहार हाफ म्याराथन’को उपाधि जुम्लाका रोकायलाई
‘काँक्रेविहार हाफ म्याराथन’को उपाधि जुम्लाका रोकायलाई
कर्णाली ।‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले हात पारेका छन ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग र मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आज सुर्खेतमा आयोजित प्रतियोगितामा रोकायले निर्धारित २१ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै पहिलो भएको हुन ।
उक्त दौडमा कालिकोटका विनोद रोकाय दोस्रो भय। उनले उक्त दूरी एक घण्टा नौ मिनेट ३९ सेकेण्ड र तेस्रो हुनुभएका एपिएफका गोपीचन्द्र पार्कीले एक घण्टा १० मिनेट २८ सेकेण्डमा उक्त दूरी पार गरे। आयोजकका अनुसार पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु ७५ हजार र रु ५० हजार नगद प्रदान गरियो ।
महिलातर्फको खुला १० किलोमिटर दौड प्रतियोगितामा धादिङकी सन्तोषी श्रेष्ठ प्रथम हुनुभयो । उहाँले ३६ मिनेट ४० दशमलव ६० सेकेण्डमा निर्धारित दूरी पार गर्नुभयो । कूल ३७ मिनेट ३ दशमलव ११ सेकेण्डमा सो दूरी पार गरी जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र ३९ मिनेट २८ दशमलव ८८ सेकण्डमा निर्धारित दूरी पार गरी बाजुराकी सिर्जना पाण्डेले तेस्रो भइन । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्े ।
पाँच किलोमिटर छात्रातर्फको दौड प्रतियोगितामा सुर्खेतकी कृष्णा रानाले जितिन । २० मिनेट ३४ दशमलव २ सेकेण्डमा दूरी पार गरिन । जुम्लाकी अन्तिमा बुढा दोस्रोभइन । २० मिनेट ४५ दशमलव ५४ सेकेण्ड र तेस्रो भएकी बाँकेकी स्वस्तिका शाहीले २१ मिनेट २३ दशमलव २५ सेकेण्डमा निर्धारित दूरी पार गरिन । प्रतियोतिामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु पाँच हजार र तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
पाँच किलोमिटर दौडमा छात्रतर्फ कालिकोटका अनिल शाही पहिलो भय । उनले १५ मिनेट ३६ दशमलव १ सेकेण्डमा दूरी पार गरे । दोस्रो भएका जुम्लाका युवकराज बुढाले शाहीले १५ मिनेट ३६ दशमलव ३ सेकेण्ड र तेस्रो भएका सुर्खेतका भुवन चालिसेले १६ मिनेट ४३ दशमलव ३ सेकेण्डमा उक्त दूरी पार गरे । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १० हजार, रु पाँच हजार र रु तीन हजार नगदसहित प्रमाणपत्र पाए ।
त्यस अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले खेल क्षेत्रमा कर्णालीको उल्लेख्य प्रगति हुँदै गएको बताए। पछिल्लो समयमा कर्णाली खेल क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको र प्रदेश तथा स्थानीय सरकारले यसमा जोड दिएको बताए ।
‘दौडिन्छ कर्णाली’ भन्ने मूल नारासहित आज आयोजित प्रतियोगितामा सेन्टरका पूर्वनिर्देशक प्रमोद हमालले कर्णाली प्रदेशका उदयीमान धावकलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।
प्रकाशित समय : १६:१४ बजे



















