global ime bank Long Banner Ad

गृहपृष्ठ इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबीच स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा भएको पहिलो चरणको वार्ता सोमबार सम्पन्न भएको छ । दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन् ।

पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि जारी संयुक्त विज्ञप्तिअनुसार तेहरान र वासिङ्टनद्वारा गठित उच्चस्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ । बाँकी प्राविधिक विषयमा यसै साता बर्गेनस्टकमा थप छलफल हुने जनाइएको छ ।

वार्ताका क्रममा लेबनानमा सैन्य गतिविधिको अन्त्य कार्यान्वयन सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले यसलाई शान्ति प्रक्रियाको पहिलो वास्तविक परीक्षणका रूपमा उल्लेख गरेको छ न।

त्यसैगरी, ‘स्टे«ट हफ हर्मुज’ हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित आपसी भ्रम र घटनाबाट बच्न दुवै पक्षले विशेष ‘सञ्चार लाइन’ स्थापना गरेका छन् । यो व्यवस्था प्रारम्भिक समझदारीपत्रमा उल्लेख गरिएको ६० दिने अवधिभर लागू रहनेछ ।

इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समार्फत तेल तथा पेट्रोकेमिकल निर्यातसम्बन्धी प्रतिबन्ध हटाइएको, केही रोक्का सम्पत्ति फुकुवा गरिएको र पुनर्निर्माण तथा विकास कार्यक्रम सुरु गरिएको दाबी गर्नुभएको छ । यद्यपि पाकिस्तान–कतारको संयुक्त विज्ञप्तिमा इरानी सम्पत्ति फुकुवासम्बन्धी कुनै उल्लेख गरिएको छैन ।

यसअघि हस्ताक्षर भएको समझदारीपत्रमा अमेरिकाले इरानमाथिका सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने तथा रोक्का वा प्रतिबन्धित कोष र सम्पत्ति प्रयोगका लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख छ । यद्यपि अराघचीको दाबीबारे ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

वार्ताको सफलतासँगै पाकिस्तान र कतारले मध्यस्थकर्ताका रूपमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय भूमिका निर्वाह गरेका छन् । संयुक्त विज्ञप्तिमा दुवै देशले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

प्रकाशित समय : १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु