global ime bank Long Banner Ad

गृहपृष्ठ प्रहरीको जीप दुर्घटना, २ डीएसपीसहित ६ जना घाइते

प्रहरीको जीप दुर्घटना, २ डीएसपीसहित ६ जना घाइते

प्रहरीको जीप दुर्घटना, २ डीएसपीसहित ६ जना घाइते

जीप दुर्घटनामा परी रुकुमपूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीसहित ६ जना घाइते भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका-११ मा जिल्लाका सुरक्षा निकाय अधिकारीहरू चढेकाे जीप दुर्घटना भएकाे हाे ।

प्रहरी लक्ष्मण बुढा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक (डीएसपी) रविन श्रेष्ठ पनि घाइते भएका छन् । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ सुरक्षाकर्मी सवार थिए ।

दुर्घटनामा परी घाइते भएकामध्ये चिन्ताजनक अवस्थामा रहेका प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म लैजान नेपाली सेनाकाे हेलिकाेप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयकाे शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाकाे सुर्खेतमा रहेकाे हेलिकप्टर उद्धारका लागि घटनास्थलतर्फा जाँदै छ ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेकाे हाे ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु