गृहपृष्ठ सलमान रुस्दीको अवस्था चिन्ताजनक, भेन्टिलेटरमा उपचार हुँदै
सलमान रुस्दीको अवस्था चिन्ताजनक, भेन्टिलेटरमा उपचार हुँदै
बुकर पुरस्कार विजेता तथा द सैटानिक भर्सास्युका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा चक्कु प्रहार भएको छ । न्यूयोर्कको चौताउवा इन्स्टिच्युटमा आयोजित एक कार्यक्रममा बोल्न जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो ।
हमलामा रुस्दीको अन्तरवार्ता लिने व्यक्ति पनि घाइते भएका थिए । सलमान रुस्दीका एजेन्टले उनको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी दिएका छन् । चक्कु प्रहारपछि सलमान रुस्दीको अवस्था चिन्ताजनक रहेको उनले बताए । उनी हाल भेन्टिलेटरमा र बोल्न नसक्ने अवस्थामा छन् ।
आक्रमणको कारण लेखकको दृष्टि गुम्न पनि सक्ने बताइएकाे छ । उपस्थित मानिसहरूले आक्रमणकारीलाई घटनास्थलमै समातेका थिए। प्रहरीले न्यु जर्सीको फेयरभ्युबाट २४ वर्षीय हादी मतार नाम गरेका संदिग्धलाई पक्राउ गरेको छ ।
रुस्दीलाई विगत केही वर्षदेखि ज्यान मार्ने धम्की आएको थियो ।
प्रकाशित समय : १४:०८ बजे



















