गृहपृष्ठ मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउन पीडितलाई गृह मन्त्रालयको अनुरोध
मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउन पीडितलाई गृह मन्त्रालयको अनुरोध
गृह मन्त्रालयले मिटरब्याज सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितहरुलाई अनुरोध गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गरी एकसाताभित्र यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गराउन भनेको छ ।
हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएपछि मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि कार्यदल गठन भएकाे छ । सो कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध प्रमाणसहित उजुरी दर्ता गर्न अनुरोध गरेका छन् ।
उजुरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर दिन सकिने उनले बताए । आर्थिक हिसाबले विपन्न वर्गका व्यक्तिहरुमाथि गरिएको शोषणको श्रृंखलाले सयौं परिवारको विचल्ली भएको मन्त्रालयले जनाएको छ । त्यस्ता अपराधीहरुलाई कानूनको दायरामा ल्याई कारबाहीको प्रकृया चलिरहेको स्पष्ट पार्दै अझै धेरै पीडितहरुले आफ्नो पीडा सार्वजनिक गर्न वा कानूनी उपचारको लागि पहल गर्न नसकेको अवस्था रहेको जारी सूचनामा उल्लेख गरिएको छ ।
नपलपरासीका मिटरब्याजी पीडितहरु ७७ जनाले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन थालेपछि सरकारको ध्यानाकर्षण भएको हो । कार्यदलले हिजैदेखि पीडितहरुसँग समस्या समाधानको लागि वार्ता सुरु गरिसकेको छ ।
सूचना :

प्रकाशित समय : १४:३८ बजे



















