गृहपृष्ठ नेपालमा पहिलोपटक ‘नाडा ईभी एक्स्पो’ आयोजना हुँदै
नेपालमा पहिलोपटक ‘नाडा ईभी एक्स्पो’ आयोजना हुँदै
नेपालमा पहिलोपटक नाडा ईभी एक्स्पो हुने भएको छ । पेट्रोल र डिजेलका गाडी आयातमा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीहरुको मात्र प्रदर्शनी आयोजना गर्न लागेको हो ।
नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा आज बसेको नाडाको केन्द्रीय कार्यसमितिको आठौँ बैठकले पहिलो पटक नाडा ईभी एक्स्पो २०२२ गने निर्णय गरेको हो । उक्त ईभी एक्स्पो आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने भएको छ ।
सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले ईभी एक्स्पो २०२२ गर्ने निर्णय गरेको हो । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको छ । यसका लागि आगामी भदौ १ देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचना प्रकाशित गरिने नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सबैलाई उक्त एक्स्पोमा सहभागिताका लागि अनुरोध गरेका छन् । सबैबाट आवश्यक सहयोगको लागि उनको आग्रह छ ।
प्रकाशित समय : १७:३२ बजे



















