गृहपृष्ठ ए डिभिजन लिग पुस ८ देखि हुने
ए डिभिजन लिग पुस ८ देखि हुने
फाइल तस्बिर ।
सहिद स्मारक ए डिभिजन लिग पुस ८ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिगसम्बन्धी निर्णय गरेकाे हाे ।
पुस ८ गतेदेखि चैत ४ गतेसम्म ए डिभिजन लिग फुटबल आयोजना गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । बैठकले बी र सी डिभिजन लिगका साथै सी डिभिजन लिगको छनोटका लागि समेत मिति तय गरेको छ ।
बैठकले असोज २३ देखि नेपाल सुपर लिगको दोस्रो संस्करण आयोजना गर्ने तयारीसमेत गरेको छ ।
प्रकाशित समय : १७:४३ बजे



















