global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षकमा हुमागाईं

राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षकमा हुमागाईं

राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षकमा हुमागाईं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकले वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यवाहक प्रशिक्षकको रूपमा हुमागाईंलाई नियुक्त गरेको सहभागी एक सदस्यले बताएका छन् ।

कुवेतमा आयोजना भएको एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा बसेका छन् । हाल उनी कुवेतमै छन् ।

नेपालले अर्को महिना बंगलादेशसंग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दै छ । सोही खेलका लागि हुमागाईंलाई प्रशिक्षक नियुक्त गरिएको हो ।

हुमागाईं अन्तिम पटक नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीमा अनुबन्ध भएका थिए । त्यसअघि उनीसँग शीर्ष डिभिजन क्लब थ्री स्टारमा काम गरेको अनुभव छ । हाल उनी अमेरिकामा रहेका छन् ।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु