global ime bank Long Banner Ad

गृहपृष्ठ जलवायु परिवर्तनको चुनौती सामना गर्दै धानमा आत्मनिर्भर बन्न आवश्यक छः मन्त्री चौधरी

जलवायु परिवर्तनको चुनौती सामना गर्दै धानमा आत्मनिर्भर बन्न आवश्यक छः मन्त्री चौधरी

जलवायु परिवर्तनको चुनौती सामना गर्दै धानमा आत्मनिर्भर बन्न आवश्यक  छः मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको जनाएकि छन ।

तेइसऔँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले यस वर्षको ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराले वर्तमान कृषि क्षेत्रको आवश्यकता र चुनौतीलाई सम्बोधन गरेको छिइन।

उनले धान नेपालीहरूको प्रमुख खाद्यबाली मात्र नभई धर्म, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण बाली भएको बताउँदै स्थानीय तथा जङ्गली धानका जातको संरक्षण, सम्वद्र्धन र उपयोगले जैविक विविधता, जलवायु सहनशीलता तथा दीर्घकालीन खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने जनाइन ।

मन्त्री चौधरीले धान तथा चामलको आयात घटाउन वर्षे र चैते धानको क्षेत्रफल विस्तार, उन्नत जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइ सुविधा विस्तार, उत्पादन सामग्रीमा सहज पहुँच तथा मूल्य सुनिश्चिततालाई प्राथमिकता दिनुपर्ने जनाइन । साथै स्थानीय तथा जङ्गली धानका जातको पहिचान, सङ्कलन, संरक्षण र जलवायुमैत्री जात विकासमा विशेष जोड दिनुपर्ने उल्लेख गरिन।

प्रकाशित समय : १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु