गृहपृष्ठ प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड सम्पन्न

प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड सम्पन्न

प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरूका लागि आयोजना गरेको कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ।

चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा अभिकर्ता लिडरहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको बताए।

यस्ता सम्मानले अभिकर्ता लिडरहरूमा आत्मसम्मानसँगै थप व्यावसायिक सफलता हासिल गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि अभिकर्ताहरूलाई उच्च मनोबलका साथ व्यवसाय गर्न कम्पनीका तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

आर्थिक वर्ष २०८२/८३ को सफलताको उत्सव मनाउँदै आर्थिक वर्ष २०८३/८४ लाई ‘तयारी जितको वर्ष’ का रूपमा अघि बढाउन उनले सहभागीहरूलाई प्रेरित गरेका थिए।

कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को सफलताले आर्थिक वर्ष २०८३/८४ मा तय गरिएको ‘तयारी जित’ लक्ष्य हासिल हुनेमा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा आचार्य राजाबाबु शाहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणले अभिकर्ताहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीका व्यवस्थापक तथा देशभरबाट आएका करिब २०० जना अभिकर्ताको सहभागिता थियो। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई कर्पोरेट क्लब अवार्डअन्तर्गत सम्मान गरिएको थियो।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूको उत्प्रेरणा, क्षमता विकास तथा सम्मानका लागि विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको जनाएको छ।

प्रकाशित समय : १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु