गृहपृष्ठ बढ्दै कोरोना संक्रमण : एकैदिन ५ जनाको मृत्यु, थप ८१५ जना संक्रमित
बढ्दै कोरोना संक्रमण : एकैदिन ५ जनाको मृत्यु, थप ८१५ जना संक्रमित
फाइल तस्बिर
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । थप ८१५ जना संक्रमित भएका छन् ।
४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको हाे ।
यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । जसमध्ये ५ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने १९२ जना संस्थागत आइसोलेसन र ६० जना आइसीयूमा छन् । यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३८ हजार ४४५ पुगेको छ ।
प्रकाशित समय : १७:१४ बजे


















