global ime bank Long Banner Ad

गृहपृष्ठ धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा एवं भविष्य र राष्ट्रको समुन्नति जोडिएको उल्लेख गरेको छ ।

राष्ट्रिय धान दिवसका अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै उनले खेतमा पसिना बगाएर राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रति धन्यवाद दिन चाहन्छु भनेको छ ।    शुभकामना सन्देशमा भनिएको छ “असार १५ केवल धान रोपाइँको दिन मात्र होइन, यो नेपाली किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव पनि हो ।  देशको मुख्य खाद्यान्न बाली धान भएकाले यसको उत्पादकत्व वृद्धि गर्नु केवल कृषि कर्म मात्र नभएर नागरिकको जीवन रक्षाको सुनिश्चितता र संविधानको मर्मको पालना पनि हो । ”

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु