global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गरिमा बैंकको संस्थापक सेयरको बिक्री खुला

गरिमा बैंकको संस्थापक सेयरको बिक्री खुला

गरिमा बैंकको संस्थापक सेयरको बिक्री खुला

गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बोलकबोलद्वारा बिक्री खुला गरेको छ ।

गत बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीका नाममा रहेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर विद्यमान सेयरधनीका लागि लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री खुला गरेको हो ।

बैंकका अनुसार उक्त संस्थापक सेयरमा इच्छुक सेयरधनीले ३१ भदौभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौँ र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

संस्थापक सेयरको मूल्य प्रतिसेयर १०० रुपैयाँ तोकिएको भए पनि सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेस गर्न सकिने बैंकले जनाएको छ । यसरी बोलकबोल पेस गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्तादेखि सो अधिकतम सोभन्दा बढी कित्ताका लागि आवेदन दिन पनि सकिने व्यवस्था बैंकले गरेको छ।

प्रकाशित समय : १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु