काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

३०.५३ प्रतिशतले बढ्यो रुरु जलविद्युतको खुद नाफा, अन्यको अवस्था कस्तो ?

10.82K
shares

रुरु जलविद्युत परियोजनाको खुद नाफा ३०.५३ प्रतिशतले बढेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९ करोड ३० लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसले ७ करोड १३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ८.२२ प्रतिशतले बढेर १६ करोड १९ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

यस्तै रुरु को चुक्ता पुँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड ८२ लाख ६६ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा कायम भएको छ ।