गृहपृष्ठ मलेसियामा कोभिडका संक्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु
मलेसियामा कोभिडका संक्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु
मलेसियामा पछिल्लो समयमा कोभिडका संक्रमितहरु घटेका छैनन् । गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको संक्रमण देखिएको छ ।
मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका संक्रमितहरु बढ्दै गएको र अहिलेसम्म यहाँका ४७ लाख भन्दा बढीमा सो संक्रमण फैलिएको छ ।
मलेसियामा गएको २४ घन्टा यता छ जना संक्रमितको कोभिडकै कारण ज्यान गएको छ । यो संगै मलेसियामा कोभिडको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ ।
यहाँ अहिले पनि ४३ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै केही निकै गम्भीर अवस्थामा सघन उपचारमा पनि रहेका बताइएको छ ।
प्रकाशित समय : ११:५४ बजे




















