गृहपृष्ठ बैंक अफ काठमाण्डूको ऋणपत्र बिक्री खुला
बैंक अफ काठमाण्डूको ऋणपत्र बिक्री खुला
बैंक अफ काठमाण्डूले भदौ २ गतेबाट ११ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमध्ये ६ लाख ६० हजार ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुने बैंकले जनाएको छ ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।
यो ऋणपत्रमा छिटोमा भदौ ७ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ १६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
प्रकाशित समय : ११:२३ बजे


















