global ime bank Long Banner Ad

गृहपृष्ठ शिवम् सिमेन्टको विशेष साधारणसभा भदौ १० गते हुने

शिवम् सिमेन्टको विशेष साधारणसभा भदौ १० गते हुने

शिवम् सिमेन्टको विशेष साधारणसभा भदौ १० गते हुने

काठमाडौं । शिवम् सिमेन्टको विशेष साधारणसभा भदौ १० गते हुने भएको छ ।

कम्पनीको साउन २३ गते बसेको संचालक समितिको बैठकले सभा अनामनगर स्थित आफ्नै कर्पोरेट कार्यालयमा गर्ने निर्णय गरेको हो । यस्तै जुममार्फत पनि सभामा भाग लिन सकिने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको स्वीकृत नियमावलीको नियम नं २३ गणपुरक संख्या कूल सेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत बनाउने सम्बन्धि प्रस्ताव सभामा पेश गर्नेछ ।

यस्तै, सञ्चालक समिति सदस्यहरुको संख्या घटाउने पनि प्रस्ताव रहेको छ । हाल स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालकसहित ७ जनाको सञ्चालक समिति रहेकामा घटाएर ६ जनामा सीमित गर्ने प्रस्ताव रहेको छ । कम्पनीले सभा प्रयोजनको लागि भदौ २ गते बुक क्लोज गर्नेछ । त्यसकारण भदौ १ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रकाशित समय : ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु