गृहपृष्ठ तेस्रो दिन पनि घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

तेस्रो दिन पनि घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

तेस्रो दिन पनि घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

आज लगातार तेस्राे दिन पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २०० रुपैयाँले घटेको हाे ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ थियो ।

सोमबार छापावाल सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि आइतबार छापावाल सुनकाे प्रतिताेला मूल्य ९४ हजार ५ सय रूपैयाँ थियाे ।

सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर कारोबार सुरू भएको महासंघले जनाएकाे छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ तोकिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु