काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तेस्रो दिन पनि घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

9.2K
shares

आज लगातार तेस्राे दिन पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २०० रुपैयाँले घटेको हाे ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ थियो ।

सोमबार छापावाल सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि आइतबार छापावाल सुनकाे प्रतिताेला मूल्य ९४ हजार ५ सय रूपैयाँ थियाे ।

सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर कारोबार सुरू भएको महासंघले जनाएकाे छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ तोकिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।