गृहपृष्ठ खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, ५ लाख बढी प्रयोगकर्ताले गरे कारोबार

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, ५ लाख बढी प्रयोगकर्ताले गरे कारोबार

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, ५ लाख बढी प्रयोगकर्ताले गरे कारोबार

खल्तीले गरेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सफलतापूर्वक सम्पन्न भएको छ । आफ्ना प्रयोगकर्ताका लागि जेठ १२ देखि असार ३२ गतेसम्म आयोजना गरेको अफरमा ५ लाखभन्दा बढी प्रयोगकर्ताले १ करोडभन्दा बढी संख्यामा कारोबार गरेका छन् ।

डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने उदेश्यका साथ खल्तीले समय–समयमा आकर्षक अफरहरू प्रदान गर्दै आइरहेको छ। यही शैली जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ आयोजना गरेको थियो ।

यो अफरअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यासब्याक तथा थुप्रै उपहारको फाइदा लिएका छन । साथै हरेक दिन १ बजेदेखि सुरु हुने फायरसेल अन्तर्गत २ लाखभन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका थिए । जसमा ५० प्रतिशतसम्म क्यासब्याक प्रदान गरिएको थियो ।

अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको ३ वटा ‘बजाज पल्सर एनएस १६० एबीएस’ तिन भाग्यशाली बिजेताले लकि ड्रमार्फत प्राप्त गरेका छन् ।

यतिमात्र नभई अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताले पुरस्कार स्वरूप समग्रमा ७ वटा वान प्लसको ४३ इन्चको स्मार्ट टीभी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट रु. १ मा, ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गरेका छन् ।

खल्तिले बिजेता छनौट प्रक्रियालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभमार्फत बिजेता घोषणा गर्दै आएको थियो ।

सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काको उपस्थितिमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागीता जनाउने सबैप्रति कृतज्ञता प्रदान गर्दै अफर सम्पन्न भएको थियो ।

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु