काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नाडा अटो एक्स्पो २०२२ स्थगित

10.44K
shares

नाडा अटो एक्स्पो २०२२ स्थगित भएको छ । आगामी भाद्र ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको हो ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को श्रावण १ गतेदेखि खोल्ने भनिए पनि सो समयावधि अझ थप गरेर २०७९ भाद्र १४ गतेसम्मका लागि विस्तार गरेपछि अटो शो स्थगित गर्नुपरेको नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

साथै १५० सिसिभन्दा माथिका दुईपांग्रे सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाएपछि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो स्थगित गर्न बाध्य भएको बताइएको छ ।