global ime bank Long Banner Ad

गृहपृष्ठ द्रौपदी मुर्मुले आज राष्ट्रपतिको सपथ लिँदै

द्रौपदी मुर्मुले आज राष्ट्रपतिको सपथ लिँदै

द्रौपदी मुर्मुले आज राष्ट्रपतिको सपथ लिँदै

भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनीयताको सपथ लिँदैछिन् । मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ ।

प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराउनेछन् । सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नेछन् ।

६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । सन्थाल समुदायकी उनी भारतका १५औँ राष्ट्रपति हुन् ।

प्रकाशित समय : ०८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु