गृहपृष्ठ साफ यु-२० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

साफ यु-२० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

साफ यु-२० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

साफ यु-२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (सोमबार ) नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे सुरू हुनेछ ।

नेपाली टिमका प्रशिक्षक मेघराज केसीले विगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा समेत ठूलो रहेको बताएका छन् । ‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समूहका खासै प्रतियोगिता भएको छैन,’ प्रशिक्षक केसीले भने, ‘अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्वन्द्वीका विषयमा खासै जानकारी छैन । तर हामी यहाँ जित्न आएका हौँ ।’

त्यस्तै, कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताए । यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने कप्तान आयुषले बताए ।

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो । यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।

प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

नेपाली टाेली :

गोलकिपरः ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख ।

रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा ।

मिडफिल्डरः आयुश घलान (कप्तान), दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी ।

स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी ।

प्रकाशित समय : ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु