गृहपृष्ठ पहिरोले पुरिएर घरमा सुतिरहेका ३ जनाको मृत्यु
पहिरोले पुरिएर घरमा सुतिरहेका ३ जनाको मृत्यु

अछाममा पहिरोले एउटा घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका-२, भुलूका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीनजनाको मृत्यु भएको स्थानीयले बताएका छन् ।
अमरका भाइ २५ वर्षीय वीरेन्द्र, छोरा १५ वर्षीय संविधान र बुहारी ४५ हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले जानकारी दिए । उनका अनुसार ६२ वर्षीया नैना विष्ट घाइते भएकी छन् । पाँच बाख्रा पनि मरेका छन् । पहिरोबाट शव निकालिएको र पोस्टमार्टमका लागि पठाउन लागिएको अध्यक्ष बिसीले बताए ।
गएराति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको स्थानीयको भनाइ छ ।
प्रकाशित समय : ०९:२२ बजे