गृहपृष्ठ भिभोको भी र वाई श्रृंखलाअन्तर्गत यी हुन् उत्कृष्ट स्मार्टफोनहरू
भिभोको भी र वाई श्रृंखलाअन्तर्गत यी हुन् उत्कृष्ट स्मार्टफोनहरू
स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा वाईदेखि भी सिरिज सम्मका विविध पोर्टफोलियोमार्फत ग्राहकहरुलाई स्मार्टफोन छनोटहरूको लागि धेरै विकल्पहरु प्रदान गर्दै आइरहेको छ । ब्रान्डले आफ्नो स्मार्टफोनमा आधुनिक क्यामेरा प्रविधि र नवीनताका साथ बजारमा राम्रो पकड बनाएको छ ।
‘सबै भिभो स्मार्टफोनहरू अत्याधुनिक प्रविधिका साथ डिजाइन गरिएका छन् जसले उत्कृष्ट कार्यसम्पादनमार्फत ग्राहकको अनुभव वृद्धि गर्दछ । स्मार्टफोनको बारेमा थप कुरा गर्दा, भिभो वाई सिरिजका फोनहरु ग्राहकहरूका लागि किफायती मूल्यहरूमा अद्वितीय फ्ल्यागशिप अनुभव प्रदान गर्नमा केन्द्रित छ, भिभोले भनेको छ, ‘अर्कोतर्फ, भी सिरिज नवीन क्यामेरा प्रविधि, शक्तिशाली कार्यसम्पादन र उत्कृष्ट अनुभव समावेश भएको स्मार्टफोनहरु हुन् ।’
वाई र भी श्रृंखला अन्तर्गतका उत्कृष्ट उत्पादनहरू
वाई५५ः वाई५५ एक शक्तिशाली प्रोसेसर र क्यामेरा भएको वाई सिरिजअन्तर्गत हालै सार्वजनिक भएको स्मार्टफोन हो । यसमा ५० एमपी एचडी ट्रिपल क्यामेरा मोड्युल छ । जसबाट डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो लिन सकिन्छ । यसमा भएको स्न्यापड्रेगन ६८० प्रोसेसरबाट सहजै गेमिङ वा स्ट्रिमिङ गर्न सकिन्छ । यो ५००० एमएएच ब्याट्रीको साथ आउँछ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गरेको छ । यो उपकरण ३३ हजार ९९९ रुपैयाँमा देशभर उपलब्ध छ ।
वाई३३एसः वाई३३एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो । जसलाई नेपालका ग्राहकहरूले धेरै रुचाएका छन् । यसमा शार्प र अल्ट्रा-क्लियर फोटोग्राफीको लागि ५०एमपी रियर क्यामेरा र १६एमपी सुपर नाइट सेल्फी क्यामेरा रहेको छ । यसमा ५०००एमएएच ब्याट्रीमा र १८वाट फास्ट चार्ज छ । एक्सटेन्डेड र्याम २.० को साथ यसको ८जीबी र्यामलाई ४जीबीसम्म बढाउन सकिन्छ । यो स्लिम र ट्रेंडी स्मार्टफोन मात्र २९ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।
वाई२०एसः आधुनिक डिजाइन भएको यो स्मार्टफोनमा ५००० एमएएच ब्याट्री, १८ वाट फ्ल्यासचार्ज टेक्नोलोजी र एआई पावर सेभिङ टेक्नोलोजी रहेको छ । १३एमपी रियर क्यामेराले फेस ब्यूटी, पोट्रेट लाइट इफेक्ट र फिल्टरजस्ता विशेषता समावेश छन् । यो स्मार्टफोनले मल्टि–टर्बो ३.० र अल्ट्रा गेम मोडमार्फत सिमलेस अनुभव प्रदान गर्दछ । यो मात्र २५ हजार ४९९ रुपैयाँमा उपलब्ध छ ।
वाई२१ः वाई२१ ८.०एमएम स्लिम बडी भएको स्लिम र स्टाइलिश स्मार्टफोन हो । यसमा १३ एमपी रियर क्यामेरा र ८ एमपी सफ्टलाइट फ्रन्ट क्यामेरा छ । जसमा पोट्र्रेट मोड, एचडीआर स्मार्ट इमेजिङ र पोज गाइड लगायत विशेषताहरु छन् । यसमा ५०००एमएएच ब्याट्री र १८वाट फास्ट चार्ज छ । यो मात्र २२ हजार ९९९ रुपैयाँमा देशभर उपलब्ध छ ।
भी२३फाइभजीः भिभो भी२३फाइभजी एक मास्टरपीस हो । यसमा भएको रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन प्रविधिको कारण यो रंग परिवर्तन सम्भव हुन्छ । यसबाहेक, भी२३ फाइभजी मा उच्च रिजोल्युसनको ५०एमपी अटोफोकश पोट्र्रेट सेल्फी क्यामेरा र अगाडि ८एमपी वाइड-एंगल क्यामेरा छ जसले उत्कृष्ट र एचडी तस्वीरहरु खिच्छ । पछाडिको क्यामेरामा जीडब्लू१ इमेज सेन्सरको साथ ६४एमपी रियर क्यामेरा छ जसले प्रशंसनीय प्रकाश संवेदनशीलता प्रदान गर्दछ । यसमा ४२००एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज रहेको छ जुन मात्र ५५ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।
यी विकल्पमध्येबाट फोनहरू छनौट गरी नजिकको रिटेल च्यानलहरू तथा ई-कमर्स साइटमार्फत खरिद गर्न सकिने भिभोले उल्लेख गरेको छ ।
प्रकाशित समय : ०९:३३ बजे


















