गृहपृष्ठ द ब्रिटिस कलेजको ‘टीबीसी मार्केटप्लेस’ कार्यक्रम सम्पन्न

द ब्रिटिस कलेजको ‘टीबीसी मार्केटप्लेस’ कार्यक्रम सम्पन्न

द ब्रिटिस कलेजको ‘टीबीसी मार्केटप्लेस’ कार्यक्रम सम्पन्न

द ब्रिटिस कलेजले पहिलो वार्षिक ‘टीबीसी मार्केटप्लेस’ इभेन्ट आयोजना गरेको छ । लेभल ३ बीबीए पाठ्यक्रमकाे एक भागको रुपमा डिजाइन गरिएको उक्त कार्यक्रममा पहिलो वर्षका विद्यार्थीहरुद्वारा १८ वटा स्टलको व्यवस्था गरिएको कलेजले जनाएको छ ।

कलेजका अनुसार सबै स्टलमार्फत स्थानीय व्यवसायीहरुका विभिन्न उत्पदानहरु बिक्री गरिएको थियो । थापाथलीस्थित ट्रेड टावरमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई व्यावसायिक दृष्टिकोण, स्पोनसर्सिप प्राप्त गर्ने, ब्राण्ड डिजाइनिङ, उत्पादनको बिक्रीवितरणजस्ता कार्यहरु दिइएको थियो ।

कलेजले जनाएअनुसार उक्त प्राक्टिकल एसाइनमेन्टबाट कुल ग्रेडको ४० प्रतिशत योगदान हुनेछ र बाँकी प्रक्रियाअन्तर्गत परोपकारमा दान गरिनेछ । बीबीए कार्यक्रमका प्रमुख सौरभ सत्यालले मार्केटप्लेसबारे जानकारी दिदै भने, ‘टीबीसीमा विद्यार्थीहरुलाई व्यवहारिक सिकाइ र शिक्षामार्फत आफूलाई प्रस्तुत गराउन हामीले प्रोत्साहित गर्छौँ । यो कार्यक्रम नै एउटा राम्रो उदाहरण हो । यो विद्यार्थीहरुका लागि एक अवसर हो, जहाँ उनीहरुले आफ्नो अध्ययनलाई व्यवहारिक बनाउन सक्छन् ।’

कार्यक्रममा रहेका स्टलहरु बिहान ८ः३० बजेदेखि बेलुका ४ बजेसम्म खुल्ला रहेका थिए, जसमा तातो खानादेखि डेजर्ट, गहना, कला, कस्मेटिक र मोबाइलका सामाग्रीहरुसम्म थिए । उक्त कार्यक्रममा आउने सबैलाई कलेजको दुवै द्वारबाट स्वागत गरिएको थियो । उक्त इभेन्टमा १५०० जनाभन्दा बढीको सहभागिता थियो ।

‘अध्ययनको पहिलो वर्षमा नै विद्यार्थीहरुले यतिधेरै एक्सपोजर पाउँदा मलाई निकै खुसी लागेको छ । टीबीसीले आयोजना गरेको मार्केटप्लेसले एउटा ठूलो सफलता प्राप्त गरेको मेरो बुझाई छ । भविष्यमा पनि कलेजले यस्तै व्यावहारिक कार्यक्रमलाई निरन्तरता दिनेछ,’ कलेजका मार्केटिङ प्रमुख अमरदी मण्डलले भने ।

प्रकाशित समय : ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु