काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लहानका उपमेयर महतोद्वारा महिलामाथि बलात्कारको प्रयास, जाहेरीपछि फरार

16.8K
shares

सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले कार्यकक्षमै बोलाएर एक महिलालाई बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

पीडित महिलाले ईलाका प्रहरी कार्यालय लहानमा उपमेयर महतोविरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएपछि घटना बाहिरिएको हो ।

इलाका प्रहरी कार्यालय लहानका प्रवक्ता तथा डिएसपी सुवास बुढाथोकीले उपमेयर महतो विरुद्ध एक महिलाले बिहीबार जाहेरी दिएको पुष्टि गरे । उनका अनुसार जाहेरी दर्ता भइसकेको र घटनाबारे अनुसन्धान भइरकेको छ ।

नगरपालिकाले केही दिन अगाडि दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन आह्वान गरेको थियो । ति पदमा फारम भरेकी महिलालाई जागिर लगाइदिने भन्दै कार्यकक्षमै बोलाएर उपमेयर महतोले बलात्कारको प्रयास गरेको बताइएको छ ।

पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित उपमेयर महतो सम्पर्कविहिन छन् ।