गृहपृष्ठ टेलिकमले समर अफरमा सुविधा थप, १५ रुपैयाँमा २० मिनेट भ्वाइस प्याक

टेलिकमले समर अफरमा सुविधा थप, १५ रुपैयाँमा २० मिनेट भ्वाइस प्याक

टेलिकमले समर अफरमा सुविधा थप, १५ रुपैयाँमा २० मिनेट भ्वाइस प्याक

नेपाल टेलिकमले गत साउन १ देखि लागू गरेको समर अफरअन्तर्गत हाल केही नयाँ र आकर्षक अफरसमेत उपलब्ध गराइरहेको छ । ती नयाँ अफरहरु ग्राहकको रोजाइमा परेका छन् ।

कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरेको छ । नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको छ ।

२० मिनेट भ्वाइस प्याक रु. १५ मा उपलब्ध हुन्छ र १ दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ भने १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि ४९ रूपैयाँमा उपलब्ध छ । त्यसैगरी नयाँ अफरको रुपमा १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा १ दिन (२४ घण्टा) को लागि ४९ रूपैयाँमा उपलब्ध छ ।

यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको छ। अब सबै नेटवर्कमा १०० एसएमएस १ दिनको लागि १५ रूपैयाँ, २०० एसएमएस ३ दिनको लागि २९ रूपैयाँ र ३०० एसएमएस २८ दिनको लागि ९८ मा पठाउन सकिने छ ।

कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ भने सीयूजी अफरअन्तर्गत उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम उपलब्ध गराइएको छ । सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन् ।

पहिले उपलब्ध अधिकांश अफरहरुलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेटसहित उपलब्ध गराइएको छ । यसका साथै, कतिपय अफरलाई परिमार्जन गरिएको छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु