गृहपृष्ठ गुराँस लाइफले गर्यो २६ लाखको मृत्यु दाबी भुक्तानी
गुराँस लाइफले गर्यो २६ लाखको मृत्यु दाबी भुक्तानी
गुराँस लाइफ इन्स्योरेन्सले २६ लाख रुपैयाँकाे मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले १३ लाख रुपैयाँकाे दुई वटा मृत्यु दाबी भुक्तानी गरेको हाे ।
कम्पनीले राैताहटकी समसा खातुन र तेह्रथुमकी कौशिला लिम्बुलाई १३-१३ लाखकाे मृत्यु दाबी भुक्तानी गरेकाे हाे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपिन कुमार लालले उक्त रकमकाे चेक हस्तान्तरण गरे ।
सीईओ लालले बिमा समितिले आर्थिक वर्ष २०७८/०७९ लाई बिमा दावी भुक्तानी वर्ष घोषित गरेको र सोहीअनुरुप कम्पनीले आव २०७८/०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फर्छ्याैट गरी सो आवमा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए ।
प्रकाशित समय : १९:४४ बजे


















