गृहपृष्ठ ब्रिटिस एजुकेशन ग्रुपको मदरल्याण्ड स्कुलमा ‘इड्ज प्रोगाम’ सुरु

ब्रिटिस एजुकेशन ग्रुपको मदरल्याण्ड स्कुलमा ‘इड्ज प्रोगाम’ सुरु

ब्रिटिस एजुकेशन ग्रुपको मदरल्याण्ड स्कुलमा ‘इड्ज प्रोगाम’ सुरु

द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले इड्ज प्रोगाम सुरु गरेको छ । यो कार्यक्रम छात्राहरुको सशक्तीकरणका लागि लक्षित रहेको छ ।

इड्ज (एजुकेशन एण्ड डिजिटल फर गल्स एजुकेशन) कार्यक्रम किशोरीहरुको अंग्रेजी, आइटी र सामाजिक सीपको विकास गर्नेमा लक्षित रहेको छ । मदरल्याण्डमा यो कार्यक्रम जुन २९ देखि सन् २०२३ को अप्रिल अन्त्यसम्म चल्नेछ । यस कार्यक्रमका लागि २० जना किशोरी छनोट गरिसकेको स्कुलले जनाएको छ । स्कुलका अनुसार उनीहरुको समूहलाई अंग्रेजीको मूल्यांकनपछि छनोट गरिएको हो ।

यो कार्यक्रमबाट उनीहरु सबैभन्दा बढी लाभान्वित हुने र सफलता हासिल गर्ने स्कुलको अपेक्षा छ । स्कुल म्यानेजर शंकर पुडासैनीले प्रत्येक हप्ताको दुई घण्टाको सेसनलाई सम्बोधन गर्नेछन् । उनले भने, ‘हामी छात्राहरुलाई उनीहरुको अधिकार र जिम्मेवारीको पहुँचबारे जानकारी दिन चाहन्छौँ । उनीहरुको भविष्यको सम्भावनालाई सुधार गर्न समान अवसर उपलब्ध गराउन चाहन्छौँ ।’

मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल, चितवन सन् १९९७ मा स्थापना भएको हो ।

प्रकाशित समय : १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु