गृहपृष्ठ गभर्नरलाई तत्काल निलम्बन गरियोस् : वाइसीएल

गभर्नरलाई तत्काल निलम्बन गरियोस् : वाइसीएल

गभर्नरलाई तत्काल निलम्बन गरियोस् : वाइसीएल

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन गर्न माग राखेकाे छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाउँदै वाइसीएलले गर्भनर निलम्बन गराउन दबाब दिएको हो । वाइसीएलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘राजनीतिक दलको सदस्यता, जिम्मेवारीमा रही साथै शैक्षिक योग्यतासमेत नपुगेका राष्ट्र बैंकका गभर्नर एम अधिकारी (महाप्रसाद अधिकारी)लाई तुरुन्त बर्खास्त गरी छानबिन गरियोस् ।’

आर्थिक संकट र विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय रोक्न, संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिनु पर्नेलगायत ७ बुँदे मागसमेत प्रधानमन्त्रीसमक्ष राखेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले कानुनविद्सँग परामर्श गरेर गभर्नरबारे निर्णय लिने आश्वासन दिए ।

प्रकाशित समय : १२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु