शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
वि.सं.२०७९ साउन २० शुक्रवार ११:१४
shares

शुक्रबार पनि सुनको मूल्य बढेको छ । बिहीबार ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै आज चाँदीको मूल्यभने स्थिर रहेर प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको छ ।

























