गृहपृष्ठ नेपालगञ्जको सोल्टी वेस्टेन्ड प्रिमियरमा सिद्धार्थ बैंकका ग्राहकहरुलाई १०% सम्मको छुट
नेपालगञ्जको सोल्टी वेस्टेन्ड प्रिमियरमा सिद्धार्थ बैंकका ग्राहकहरुलाई १०% सम्मको छुट
सिद्धार्थबैंक लिमिटेड र सोल्टी वेस्टेन्ड प्रिमियरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा सोल्टी वेस्टेन्ड प्रिमियरका तर्फबाट प्रबन्धक रोजिना महर्जनले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले सोल्टी वेस्टेन्ड प्रिमियरमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग तथा क्यूआर मार्फत खाना र बेबरेजको भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्ने छन् । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित समय : १९:०१ बजे



















