global ime bank Long Banner Ad

गृहपृष्ठ विराटनगरमा एक जना व्यापारीमाथि खुकुरी प्रहार

विराटनगरमा एक जना व्यापारीमाथि खुकुरी प्रहार

विराटनगरमा एक जना व्यापारीमाथि खुकुरी प्रहार

विराटनगरमा एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ । आज दिउँसो विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

उनलाई विराटनगर–१२ बस्ने दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । ट्राफिक चोक नजिकै खुकुरी प्रहार हुँदा रायको हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते रायलाई उपचार गर्न विराट नर्सिङ होममा भर्ना गरिएको छ । राय जोगबनीमा किराना पसल सञ्चालन गर्छन् । खुकुरी प्रहार गर्ने कामतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित समय : १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु