global ime bank Long Banner Ad

गृहपृष्ठ भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ

 भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार रिजाललाई आज झापाबाट काठमाडौं ल्याइएको हो ।पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए । उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए । उनलाई त्यही आधारमा पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ ।

प्रकाशित समय : १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु