गृहपृष्ठ Tag: श्रीलंका
के नेपाल श्रीलंकाको बाटोमा जाँदैछ ? राजनीतिज्ञहरु यो प्रश्न गर्नेलाई राष्ट्रघातीको बिल्ला भिराउन पनि पछि पदैनन् । अनि वरिष्ठ अर्थशास्त्रीहरु भन्छन्- नेपाल र श्रीलंकाको अवस्था फरक हो, तुलना गर्न मिल्दैन । आर्थिक दूरावस्थाकाे हिसाबले नेपाल ठ्याक्कै श्रीलंकाजस्तै त नबन्ला तर हामी बिस्तारै...
दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा...
श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन् । उनी श्रीलंकाको पूर्व प्रधानमन्त्री हुन् । विक्रमासिंघे श्रीलंकामा पटक-पटक प्रधानमन्त्री भइसकेका छन् । उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिबाट बिहीबार...
भारतीय उच्चायोगले बुधबार नयाँ दिल्लीले आफ्नो फौज कोलम्बोमा पठाएकोबारे सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेको छ । श्रीलंकाको प्रजातन्त्र, स्थिरता र आर्थिक पुन: स्थापनालाई देशले पूर्ण समर्थन गरेको भारतीय अधिकारीले बताएका छन् । श्रीलंकाले तीव्र खाद्यान्न र बिजुलीको अभावसँगै आर्थिक संकटका कारण...
आर्थिक तथा राजनीतिक संकटमा फसेको श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु जारी गरिएको छ । आक्रोशित भीडले महिन्दा राजापाक्ष र उनलाई समर्थन गर्ने कपितय सांसदहरूका घरमा आगो लगाइदिएपछि बुधबार बिहानसम्मका लागि कर्फ्यु लगाइएको हो । प्रमुख सहरहरूमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।...
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा काेष (आइएमएफ)सँग आपतकालीन आर्थिक सहयाेग मागेको छ । अर्थतन्त्र तथा व्यवसायलाई तहसनहस हुनबाट जाेगाउनका लागि आर्थिक सहयाेग प्रदान गर्नेबारे छलफल भइरहेकाे बताएकाे श्रीलंका सरकारले आइएमएफसँग पैसा माग गरेकाे हाे । श्रीलंकाका अर्थमन्त्री अली साबरी...
आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाई हुन् । चरम आर्थिक संकटका...












