गृहपृष्ठ श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु
श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु

आर्थिक तथा राजनीतिक संकटमा फसेको श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु जारी गरिएको छ । आक्रोशित भीडले महिन्दा राजापाक्ष र उनलाई समर्थन गर्ने कपितय सांसदहरूका घरमा आगो लगाइदिएपछि बुधबार बिहानसम्मका लागि कर्फ्यु लगाइएको हो ।
प्रमुख सहरहरूमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । रक्षा मन्त्रालयले कर्फ्युको उल्लंघन गर्ने तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउनेलाई गोली हान्ने आदेश दिएको छ । तर पनि प्रदर्शनहरू जारी रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबारयताका हिंसात्मक प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भइसकेको जनाइएको छ । करिब २ सय जना घाइते भएका बीबीसीले उल्लेख गरेको छ ।
देशमा जारी आर्थिक संकट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै करिब दुई महिनायता श्रीलंकामा प्रदर्शन हुँदै आएको छ । तर पछिल्लो एक सातायता प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले सोमबार राजीनामा दिएका थिए । उनी वर्तमान राष्ट्रपति गोटाबाय राजापाक्षका दाइ र पूर्वराष्ट्रपति पनि हुन् ।
प्रकाशित समय : १५:२८ बजे