काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु

9.91K
shares

आर्थिक तथा राजनीतिक संकटमा फसेको श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु जारी गरिएको छ । आक्रोशित भीडले महिन्दा राजापाक्ष र उनलाई समर्थन गर्ने कपितय सांसदहरूका घरमा आगो लगाइदिएपछि बुधबार बिहानसम्मका लागि कर्फ्यु लगाइएको हो ।

प्रमुख सहरहरूमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । रक्षा मन्त्रालयले कर्फ्युको उल्लंघन गर्ने तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउनेलाई गोली हान्ने आदेश दिएको छ । तर पनि प्रदर्शनहरू जारी रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबारयताका हिंसात्मक प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भइसकेको जनाइएको छ । करिब २ सय जना घाइते भएका बीबीसीले उल्लेख गरेको छ ।

देशमा जारी आर्थिक संकट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै करिब दुई महिनायता श्रीलंकामा प्रदर्शन हुँदै आएको छ । तर पछिल्लो एक सातायता प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले सोमबार राजीनामा दिएका थिए । उनी वर्तमान राष्ट्रपति गोटाबाय राजापाक्षका दाइ र पूर्वराष्ट्रपति पनि हुन् ।