काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

377
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन्।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न लामिछाने बबरमहलस्थित जिल्ला अदालत पुगेका हुन्।

विभिन्न जिल्लाका सहकारी ठगीसम्बन्धी मुद्दामा मुछिएका लामिछानेविरुद्धका मुद्दा अझै अदालतमा विचाराधीन छन्। महान्यायाधिवक्ताको कार्यालयले उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर फिर्ता लिने निर्णय गरेपछि रुपन्देही, पोखरा र चितवनका अदालतमा ती कसुरसम्बन्धी अभियोग फिर्ता लिइएको समाचारमा उल्लेख छ। अब उनीविरुद्ध सहकारी ठगीको कसुरसम्बन्धी मुद्दा विचाराधीन रहेको छ।

जिबी राईसँग सम्बन्धित गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको रकम गएको र अपचलन भएको आरोपमा लामिछानेविरुद्ध ठगीसम्बन्धी मुद्दा दायर गरिएको हो।

अदालतले लामिछानेलाई काठमाडौंमै रहेका विभिन्न अदालतमा उपस्थित भएर तारेख बुझ्न सुविधा दिएको थियो।