गृहपृष्ठ Tag: नागरिकता विधेयक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तनाव बढाएर नागरिकता विधेयकको समस्या समाधान नहुने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग उनले 'विचारारार्थ पठाएको विधेयकलाई जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै भएको' टिप्पणीसमेत गरे । नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग...
नागरिकता विधेयक प्रमाणीकरणका लागि फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ । सभामुख अग्नि सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र...
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक दोस्रो पटक पनि संघीय संसद्बाट हुबहु पारित भएपछि अब के हुन्छ भन्ने चासो बढेको छ । यही भदौ २ गते प्रधितिनिधिसभा र १७ गते राष्ट्रियसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९...
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रस्तुत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराए । राष्ट्रियसभाले सो...
राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने तयारी छ । तर संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने समितिको प्रतिवेदन पेश...
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक बिना संशोधन बहुमतबाट पारित गरेको हो । संघीय संसदको दुवै सदनबाट पारित...
१५ बुँदे सन्देशसहित पुनर्विचारका लागि आफुले फिर्ता पठाएको नागरिक विधेयक संसदबाट जस्ताको त्यस्तै पारित भएपछि असन्तुष्ट बनेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पुन: चासो व्यक्त गरेकी छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्दै भण्डारीले राष्ट्रिय सहमति खोज्नतर्फ आग्रह...
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे समितिको सिंहदरबारस्थित कक्षमा बस्नेछ । बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल हुने जनाइएको छ । राष्ट्रियसभाको हिजोको बैठकबाट नागरिकता विधेयक उक्त समितिमा पठाइएको...
प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयक फिर्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश राष्ट्रिय सभा बैठकमा सुनाइएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा राष्ट्रपतिले पठाएको सन्देश वाचन...
राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, प्रतिनिधिसभाबाट पारित केही...












