गृहपृष्ठ ‘विचारारार्थ पठाएको विधेयकलाई जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै हो’
‘विचारारार्थ पठाएको विधेयकलाई जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै हो’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तनाव बढाएर नागरिकता विधेयकको समस्या समाधान नहुने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग उनले ‘विचारारार्थ पठाएको विधेयकलाई जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै भएको’ टिप्पणीसमेत गरे ।
नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग उनकाे आग्रह छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विचारारार्थ पठाएको विधेयकमा संशोधन गर्न अध्यक्ष ओलीले सरकारलाई सुझाव दिएका हुन् ।
‘यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन् भनेर विधेयक ल्याए हुन्छ,’ उनले भने, ‘सरकारले चाहेको खण्डमा यति काम तीन दिनमा हुन्छ ।’
प्रकाशित समय : १४:५५ बजे


















