गृहपृष्ठ एन्फा अध्यक्ष नेम्वाङ र कतार फुटबल संघका अध्यक्ष हमादबीच भेटवार्ता

एन्फा अध्यक्ष नेम्वाङ र कतार फुटबल संघका अध्यक्ष हमादबीच भेटवार्ता

एन्फा अध्यक्ष नेम्वाङ र कतार फुटबल संघका अध्यक्ष हमादबीच भेटवार्ता

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष नेम्वाङले शनिबार दोहामा कतार एफएका अध्यक्ष हमादसँग भेटवार्ता गरेको एन्फाले जनाएको छ । भेटमा दुई अध्यक्षबीच फुटबलका विषयमा विस्तृत छलफल भएको एन्फाले जनाएको छ ।

कतार एफएले एन्फालाई गर्दै आएको सहयोग जारी राख्दै दुई फुटबल संघबीचको समन्वय सम्बन्धलाई अझ बलियो बनाउन र विकासका क्षेत्रहरू खोज्ने विषयमा छलफल केन्द्रित रहेको एन्फाले जनाएको छ ।

एन्फा अध्यक्ष नेम्वाङलाई कतार एफएका अध्यक्षले मायाको चिनो प्रदान गरेका थिए । अध्यक्ष नेम्वाङ हाल कतार भ्रमणमा छन् ।

प्रकाशित समय : १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु