गृहपृष्ठ पाकिस्तानविरूद्ध बंगलादेशको सहज जित
पाकिस्तानविरूद्ध बंगलादेशको सहज जित
कप्तान सविना खातुनको ह्याट्रिकप्रेरित बंगलादेशले साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजकाे पहिलो खेलमा बंगलादेशले पाकिस्तानमाथि ६-० को सहज जित निकाल्यो ।
बंगलादेशकी मोनिका चक्माले तेस्रो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । बंगलादेशकी कप्तान सविना खातुनको प्रहार पाकिस्तानी रक्षकले सही क्लियर गर्न नसक्दा प्राप्त मौकालाई मोनिकाले सदुपयोग गरिन् । खेलको २८औं मिनेटमा मोसामद सोप्नाले बंगलादेशको अग्रतालाई दोब्बर पारिन् ।
त्यसको तीन मिनेटपछि नै कप्तान सविनाले बंगलादेशको अग्रता ३-० मा बनाइन् । खेलको ३५औं मिनेटमा सविनाले बंगलादेशको अग्रतालाई ४-० मा पुर्याइन् । खेलको ५८औं मिनेटमा सविनाले ह्याट्रिक पूरा गरिन् । यस्तै, ७७औं मिनेटमा रितु चक्माले गोल गरेपछि बंगलादेशले ६-० काे जित हासिल गरेकाे हाे ।
बंगलादेशले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ३-० ले पराजित गरेको थियो । यता, पाकिस्तान पहिलो खेलमा भारतसँग ३-० ले नै पराजित भएको थियो ।
आजै हुने दोस्रो खेलमा भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
प्रकाशित समय : १५:१० बजे

















